SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

आजको मौसम : धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार अधिकांश क्षेत्रमा बदली भई वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरी नेपालको तराई भू–भाग नजिक पुगेकाले वर्षा हुने प्रणाली थप सक्रिय बनेको हो । हाल देशभर अधिकांश क्षेत्रमा बादल लागेको छ ।