आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा भावानुवाद गरेर सबै नेपालीले बुझ्ने र पढ्न सक्ने बनाएका थिए । त्यसैले उनलाई नेपाली भाषा र साहित्यका महान् स्रष्टाका रूपमा सम्मान गरिन्छ ।
