SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

आज चार संसदीय समितिको बैठक बस्दै, विधेयकदेखि बाल सुधारगृहको मानव अधिकार अवस्थासम्म छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छन् । बैठकहरूमा विधेयकमाथिको छलफल, विकास आयोजनाको प्रगति समीक्षा, स्थलगत अनुगमन प्रतिवेदन र बाल सुधारगृहको मानव अधिकार अवस्थालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।