मोदीखोलामा बाढी : घान्द्रुक जाने सडक बन्द
काठमाडौं । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीका कारण घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक बन्द भएको छ । आइतबार बिहानदेखि किम्रुङ क्षेत्रमा लगातार भारी वर्षा भएपछि विभिन्न ठाउँमा पहिरो गएको र खोलामा पानीको बहाव बढेको हो । बाढीले सेउलीबजार नजिक सडक बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।
