बैंककमा भीषण आगलागी : कम्तीमा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला छन् । केही व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ ।
