स्वतन्त्र चालक फाउण्डेशनद्वारा राइडरको हकहित संरक्षण गर्न सरकारसँग माग
स्वतन्त्र चालक फाउण्डेशनले पाथाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। फाउण्डेशनले घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार तथा वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।
