SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा स्थानीय अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षिया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख डुबेका हुन् ।