बालिकालाई ५० हजारको प्रलोभन देखाइ यौन प्रस्ताव राख्ने खाजा घर सञ्चालक पक्राउ
काठमाडौं । बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो ।
