दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी निरौलाको शल्यक्रिया गरिएको हो। अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया सम्पन्न गरेको हो।
