गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति
काठमाडौं । आत्मदाहका कारण मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकार पक्षबिच ९ बुँदे सहमति भएको छ । लामो छलफलपछि गणेशका परिवार दुई पक्षबिच सहमति भएको हो । जसमा उक्त घटनाबारे छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिलाई ७ दिनको समय दिइ प्रतिवेदन बुझाउनुपर्नेछ ।
