सुकुम्वासी संघ संगठनको चेतावनी- तत्काल लालपुर्जा वितरण नगरे कडा आन्दोलन सुरु हुन्छ
विभिन्न राजनीतिक पार्टीमा आबद्ध सुकुम्वासीसँग सम्बन्धित संघ, सङ्गठनहरूले सुकुम्वासीलाई तत्काल लाजपूर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा गर्न गर्ने चेतावनी दिएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध अखिल नेपाल सुकुम्वासी संघलगायतका संघ, सङ्गठनहरूले सरकारलाई यस्तो चेतावनी दिएको हो ।
