SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन

अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’,‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘बालेन–सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।