डुबानमा परेका कीर्तिपुरका सुकुम्बासीलाई खरिपाटी र बोडे सारियो
अविरल वर्षापछि कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर पूरै डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूलाई सरकारले भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरेको छ। कीर्तिपुरको सेन्टरमा बाढी पसेर बिजोग भएपछि शनिबार र आइतबार बिहान गरेर दुई दिनको अवधिमा ३१ घरपरिवारका ८९ जनालाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको हो भने केही परिवारलाई भक्तपुरकै बोडेमा व्यवस्थापन गरिएको छ।
