भक्तपुरका होल्डिङ सेन्टरमा पुगे मन्त्रीहरूको टोली, सुकुमबासीसँग गरे छलफल
गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले आज भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ। सुकुम्बासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाको अवस्थाबारे जानकारी लिने उद्देश्यले टोलीले उक्त स्थानको निरीक्षण गरेको हो।
