नयाँ शैक्षिक निर्देशिकाप्रति व्यवसायीको आपत्ति : १४ संस्थाद्वारा संयुक्त आन्दोलनको चेतावनी
काठमाडौं । सरकारले हालै जारी गरेको शैक्षिक कन्सल्टेन्सी, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालनसम्बन्धी नयाँ नियमावलीप्रति सम्बद्ध व्यवसायीहरूले आपत्ति जनाएका छन् । यस क्षेत्रमा क्रियाशील १४ वटा संघसंस्थाहरूको संयुक्त बैठकले नयाँ मापदण्ड व्यावहारिक नभएको भन्दै यसलाई तत्काल खारेज गर्न माग गरेको छ ।
