४२औँ वार्षिकोत्सव मनाउँदै नबिल बैंकको नयाँ यात्रा, ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणासहित एआई–केन्द्रित सेवामा जोड
काठमाडौं। नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापना भएको ४२ वर्ष पूरा गर्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणासहित नयाँ चरणको यात्रा सुरु गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी तथा भविष्य–उन्मुख वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले ‘विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए’ रहेको उल्लेख गर्दै नबिलले विगत चार दशकदेखि परिवर्तनको प्रतीक्षा नगरी बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए।
