तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी शैक्षिक संस्थाहरूको माग
काठमाडौं। निजी शैक्षिक संस्थाहरूले विद्यार्थीबाट असुल गरिने शैक्षिक शुल्कमा लगाइएको तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। प्याव्सन, एन–प्याव्सन, हिसान र अपेनले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लागू गरिएको उक्त शुल्क व्यवहारिक, न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त नभएको भन्दै खारेजीको माग गरेका हुन्। चारवटै संस्थाले संयुक्त प्रेस विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै विगत चार दशकभन्दा बढी समयदेखि विद्यालय शिक्षाको विकास र विस्तारमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
