क्यानडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गर्ने एक पक्राउ
काठमाडौँ : क्यानडा पठाइदिने प्रलोभन देखाई २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका–५ बस्ने ४६ वर्षीय लहानु राम चौधरी रहेका छन् । उनलाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै पीडितहरूबाट रकम असुली गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
