SHARE
कालिका खबर · आइबार​ २८ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्व चयन, अध्यक्षमा राजुमान डंगोल विजयी

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा राजुमान डंगोल ७२८ मतसहित विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रश्रय राजभण्डारीलाई ३६५ मतमा सीमित गर्दै फराकिलो मतान्तरले पराजित गरेका हुन्। प्रथम उपाध्यक्षमा राजिय पाण्डे ७५४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी श्रीकृष्ण थपलियाले ३१५ मत प्राप्त गरे। द्वितीय उपाध्यक्षमा दावाङ तामाङ ६८३ मतसहित निर्वाचित हुँदा प्रकाश श्रेष्ठले ३३५ मत प्राप्त गरे। तृतीय उपाध्यक्ष पदमा रमेश थापा निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा पशुपति कँडेल ७२० मतसहित विजयी भए।