SHARE
कालिका खबर · आइबार​ २८ असार २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

‘रियल ड्राइभर्स वान्टेड’ ट्यागलाइनसहित फेसलिफ्टेड स्कोडा कुशाक नेपालमा सार्वजनिक

काठमाडौं। स्कोडा नेपालले आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ ट्यागलाइनसहित सार्वजनिक गरेको छ। स्कोडा शोरुममा आयोजित विशेष कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए। कम्पनीका अनुसार नयाँ कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने एसयूभी मात्र नभई स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक ड्राइभिङ अनुभवलाई प्राथमिकता दिने चालकहरूलाई लक्षित गरी विकास गरिएको हो।