SHARE
लोक पथ · आइबार​ २८ असार २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

गणेशको परिवारलाई मोहन बस्नेतले गरे एक लाख आर्थिक सहयोग, छोरीलाई ब्याचलरसम्म पढाउने जिम्मा लिए

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाहबाट मृत्यु भएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । आइतबार स्वर्गीय गणेशकी आमालाई भेटेर पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले एक लाख नगद उपलब्ध गराएका हुन् । बस्नेतले गणेशकी छोरीलाई स्नातकसम्म पढाउने जिम्मा समेत लिएका छन् ।