‘गरिबलाई नजिस्का सरकार’ भन्दै माइतीघरमा सुकुम्वासीहरूको प्रदर्शन
सरकारले सुकुम्वासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्वासीहरूमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
