SHARE
कालिका खबर · आइबार​ २८ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

वाणिज्य बैंकहरूको खुद नाफा १९ प्रतिशतले बढ्यो, ११ महिनामा ६४ अर्ब ४७ करोड आम्दानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकहरूले सार्वजनिक गरेका जेठ मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले संयुक्त रूपमा ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो। यस वर्ष नाफा करिब १९ प्रतिशतले वृद्धि भएको देखिन्छ। नाफाको आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।