SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

बालेन सरकार आए यता ३५० अंकले घट्यो नेप्से, बजेट र मौद्रिक नीतिले जगाउन सकेन उत्साह

नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्युन स्तरमा पुगेको हो । नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भएपनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ ।