सरकारको १०० दिनमै ‘निरंकुशताको गन्ध’ आयो : राजेन्द्र महतो
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकारलाई सच्चिन चेतावनी दिएका छन् । सार्वजनिक वक्तव्य जारी गर्दै महतोले सरकारले न्याय, समावेशिता र संवेदनशीलताभन्दा पुरानै निरंकुश सोचलाई निरन्तरता दिएको आरोप लगाए । उनले सरकारलाई असंवेदनशील व्यवहार, नियुक्तिमा देखिएको असमावेशिता तथा अधिनायकवादी कार्यशैली तत्काल सच्याउन आग्रह गरे । महतोका अनुसार हालैको जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौंदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र परिवर्तनको चाहनाको अभिव्यक्ति हो ।
