SHARE
लोक पथ · आइबार​ २८ असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइको मृत्यु, चार घाइते

टोरेन्टो । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा संलग्न आशंकित आक्रमणकारी अझै फरार छन् । टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा छ जना भेटिएको जनाएको छ । तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।