विश्वकपको सेमिफाइनलमा चार पूर्वविश्व विजेता भिड्ने
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलको खेल सकिएको छ । आज बिहान क्वार्टरफाइनल अन्तर्गत अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले र स्विट्जरल्यान्डलाई ३–१ ले हराएसँगै क्वार्टरफाइनल सकिएको हो । योसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ ।
