SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

जोमसोम एयरपोर्ट सुनसान

मौसम खुलेसँगै देखिने निलो आकास मुनि मुस्ताङको जोमसोमबाट सेताम्मे निलगिरी हिमालको मनमोहक दृश्य देखिन्छ । आकाशमा कतै—कतै देखिएका सेता बादल विस्तारै हट्दै जाँदा चम्किलो घामसँगै निलगिरी हिमाल झन् आकर्षक बन्ने गरेको छ । जोमसोम विमानस्थलबाट निकै नजिकै रहेको निलगिरी हिमालको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको छ ।