स्विट्जरल्यान्डको शानदार पुनरागमन, अर्जेन्टिनाविरुद्ध खेल १–१ को बराबरीमा
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एनडोयेले सहज फिनिसिङ गरेका थिए ।
