ग्लोबल आईएमई क्यापिटलले साधारणसभा आह्वान गरेको छ। क्यापिटलले असोज १ गते होटेल ले हिमालयमा साधारणसभा आह्वान गरेको हो। सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।