एनआईसी एशिया क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाईमा भदौ १२ गते बिहिबारसम्म आवेदन दिन सकिने भएको छ। क्यापिटलले आज सुचना जारी गर्दै आवेदन दिन अब दुई कार्यदिन मात्र रहेको जनाएको हो । क्यापिटलले साउन २९ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बिक्री खुला गरेको हो।