ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लिको बहुमत शेयर खरिद गरेको छ । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लिको ५१ प्रतिशत संस्थापक शेयरहरु खरिद गर्ने सम्बन्धमा भदौ १० मा शेयर खरिद सम्झौता ( Share Subscription Agreement) सम्पन्न गरेको जनाएको छ।