बुट मोडलमा २ वटा हाइड्रोपावर आयोजना बनाउन विभागले सर्टलिस्ट गर्यो कम्पनी
विद्युत विकास विभागले बुट मोडलमा २ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि कम्पनी सर्टलिस्ट गरेको छ। विभागले आशयपत्र माग गर्दा परेका आवेदनहरु मध्येबाट कम्पनी सर्टलिस्ट गरेको हो। विभागले बुट मोडलमा २७.९ मेगावाटको मिडल इन्खु खोला र १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत आयोजना निर्माण गर्नको लागि आशयपत्र माग गरेको थियो।
