कृषि विकास बैंकको अध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन्। अर्थ मन्त्रालयले सोमबार उनलाई बैंकको संचालक नियुक्त गरेकोमा संचालक समितिको मंगलबारको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। पौडेलले यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् । पौडेलले राष्ट्रिय तथा बहुराष्ट्रिय निजी कम्पनीहरूमा करिब २५ वर्ष नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन्।