देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
