नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन् । शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘नेपालको भूराजनीतिमा छिमेकी सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि र नेपाली सेनाले एसपिपीकोलागि सम्झौता अगाडि बढाएपछि नेपालको भूराजनीतिक अवस्था थप संवेदनशील बनेको बताए ।
