SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । घाइतको उद्धारका लागि हेलिकप्टर गएको धामीले जानकारी दिए ।