SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको उपचारकै क्रममा निधन

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै प्रहरी टोलीले उनको उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो ।