SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

शेखरलाई भेट्न किन पुगे प्रकाशशरण विराटनगरमा ?

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र डा.प्रकाशशरण महतबीच भेटवार्ता भएको छ । कोइराला निवास विराटनगरमा पुगेर नेता महतले भेट गरेका हुन् । शुक्रबार देउवा पक्षका पूर्वपदाधिकारीहरूको बैठकले साउन ६ गते बीपी स्मृति दिवसको अवसरमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरेको थियो । सो कार्यक्रममा डा.शेखर कोइरालालाई पनि सहभागी गराउने तयारी छ ।