SHARE
लोक पथ · शनिबार २७ असार २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

टाइफुन ‘बाभी’को कहर : चीनमा नौ लाखभन्दा बढी विस्थापित

किलुङ । शक्तिशाली टाइफुन ‘बाभी’ का कारण चीन, ताइवान, जापान र फिलिपिन्स प्रभावित भएका छन् । टाइफुनको असरका कारण चीनमा ९ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौँ घरमा विद्युत सेवा अवरुद्ध भएको छ । चीनको पूर्वी झेजियाङ प्रान्तमा आइतबार टाइफुन जमिनमा ठोक्किने अनुमान गरिएको छ ।