भूमिहीन र सुकुमबासीको व्यवस्थापन प्रक्रिया अघि बढ्यो
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका र अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले शनिबार सूचना जारी गर्दै विस्थापितहरूको व्यवस्थापनका लागि काम अघि बढाइएको जानकारी दिएको हो ।
