वाइवाइ लाई पिरो चाउचाउको पिर : उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का
दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् । उपभोक्ताहरुको रुचि विशेषगरी पिरो र नयाँ स्वादतर्फ मोडिएसँगै चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको सञ्चालन आम्दानीमा संकुचन देखिएको हो ।
