होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्ली, भन्छन्- ‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’
काठमाडौंका सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् । मध्यरात करिब १२ः४० बजेबाट सेन्टरमा बाढी पस्न शुरु गरेको थियो ।
