आत्मदाहको प्रयास गरेका व्यवसायी राउतको अवस्था गम्भीर
काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ। शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्याएको थियो। उनको वीर अस्पतालमा उपचार चलिरहेको छ।
