एमएस्सी पूरा गरेका विवेक किन पुगे आत्मदाहको प्रयाससम्म ?
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आत्मदाहको प्रयास गरेपछि उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मण्डलले शुक्रबार दिउँसो करिब पौने ४ बजे आफ्नै शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारका लागि लगिएको थियो।
