युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो ? भन्दै माईतीघरमा प्रदर्शन
काठमाडौं । जनपक्षिय ट्रेड युनियन महासंघले माईतीघरमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । महासंघले शनिबार गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको हो । युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो ? भन्ने व्यानरसहित आन्दोलनमा सहभागीहरुले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन् ।
