SHARE
लोक पथ · शनिबार २७ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

‘कुपोषण न्यूनीकरणका लागि बालपोषणमा लगानी र पोषणमैत्री कानुन आवश्यक’

काठमाडौं । नेपालमा कुपोषण न्यूनीकरणका लागि बालपोषणमा लगानी वृद्धि, पोषणमैत्री कानुन निर्माण तथा बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार आयोजित ‘नेपालमा बालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भूमिका’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा सहभागीहरूले पर्याप्त बजेट, स्पष्ट कानुनी व्यवस्था र जनचेतनाविना कुपोषण अन्त्य गर्न नसकिने बताएका हुन् ।