बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार भन्छन्- ‘भ्रामक समाचारले थप पीडा दियो’
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको हो। राउतका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो।
