इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सेना पूर्ण तयारीमा रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई लक्षित गरेर एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा राखिएको दाबी गरेका छन् । उनले यदि इरानले अमेरिकी राष्ट्रपति वा अमेरिकी हितविरुद्ध कुनै हमला गरे त्यसको जवाफमा थप हजारौं क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिएका छन् ।
