जेनजी आन्दोलनले ध्वस्त बनाएको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा
विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट ध्वस्त भएको सुपरमार्केट पुन निर्माणपछि आज देखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । आगजनीपछि करिब १० महिनासम्म बन्द रहेको सुपरमार्केटको पुनर्निर्माण सम्पन्न भएपछि सेवा पुनः सञ्चालनमा आएको हो ।
